Join our Channel

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख १७ हजार ८ सय पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख १७ हजार ८ सय पुग्यो

नेपालमा सुनको मूल्य फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको हो। आइतबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको हो।

  • आइतबार प्रतितोला मूल्य: २ लाख १७ हजार १ सय रुपैयाँ
  • आज प्रतितोला मूल्य: २ लाख १७ हजार ८ सय रुपैयाँ

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। यही मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा परेर सुन महँगिएको महासंघले जनाएको छ।

Leave a comment