Join our Channel

“राजावादीको आन्दोलन अब सकिएको छ” – देउवा

Sher Bahadur Deuba

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजाका समर्थकहरूले गरिरहेको आन्दोलन अब निष्क्रिय भइसकेको बताएका छन्।

जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले राजावादी आन्दोलनको कुनै अर्थ नरहेको स्पष्ट पारे। उनले भने, “गणतन्त्र जनताको बलिदान र संघर्षबाट स्थापित भएको व्यवस्था हो, त्यसको विरोध गर्नु स्वीकार्य हुँदैन।”

सभापति देउवा धनुषाको मिथिला नगरपालिका–५ मा आयोजित कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औं स्मृति सभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन जनकपुर आएका हुन्।

उनले संसदमा गृहमन्त्रीको राजीनामाको माग गर्दै भएको अवरोधप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षलाई संसद अवरोध नगर्न आग्रह गरे। सभापति देउवा धनुषामा भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको पनि जनाइएको छ।

Leave a comment