Join our Channel

महामन्त्री थापाद्धारा कांग्रेसमा शुद्धीकरण र आत्मविश्वासको आवश्यकता जोडियो

महामन्त्री थापाद्धारा कांग्रेसमा शुद्धीकरण र आत्मविश्वासको आवश्यकता जोडियो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन्। शनिबार बालकोटमा स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा उनले कांग्रेसले आत्मविश्वास गुमाएको अवस्थामा पार्टीले देश सम्हाल्न नसक्ने बताएका छन्।

थापाले देशमा रहेको असन्तुष्टि र नागरिक रिसालाई बुझ्दै कांग्रेसले नै देशलाई सम्हाल्न सक्ने पार्टी हो भन्ने सन्देश दिनेगरी काम गर्नुपर्ने बताए। उनले भनिन्, “पार्टीभित्र चुनाव हार्ने डरले राजनीति कमजोर भएको छ, त्यो डर छोडेर अग्रज नेताहरूको मार्गदर्शनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने छ।”

युवा वर्गको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्न र त्यसलाई अवसरमा परिणत गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) सँग राजनीतिक प्रतिस्पर्धा गर्ने अवस्था आउने र त्यसका लागि पनि तयार रहनुपर्ने धारणा राखेका छन्।

त्यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य र सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणालगायतले स्व. कार्कीको योगदानको चर्चा गरेका थिए।

स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए भने विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

Leave a comment