Join our Channel

४० वर्षीया महिलामाथि बलात्कार अभियोगमा युवक पक्राउ, सात दिनको म्याद थप

४० वर्षीया महिलामाथि बलात्कार अभियोगमा युवक पक्राउ, सात दिनको म्याद थप

स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका–कराम्दी निवासी २७ वर्षीय सूर्य मिजारलाई ४० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो ती महिला घरमै रहेका बेला मिजारले बलात्कार गरेको उजुरी पीडितले प्रहरीमा दिएकी थिइन्। उजुरीको आधारमा खोजी गर्दा मिजार लुकिछिपी हिँडिरहेको अवस्थामा बिहीबार फेदिखोलाकै आरूखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीले मिजारलाई स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रहरीको अनुसन्धान जारी रहेको र थप प्रमाण संकलनको काम भइरहेको जनाइएको छ।

Leave a comment