
धनुषा जिल्लाको मिथिला नगरपालिका–१ ढल्केबरमा खेतमा जंगली जनावर रोक्नका लागि राखिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीया मंगलीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानकारी दिएको छ।
प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ढल्केबर निवासी रामप्रमोद महतोले आफ्नो तरकारी खेत जंगली जनावरबाट जोगाउन बिजुलीको नाङ्गो तार खेत वरिपरि तानेर करेन्ट प्रवाह गरेका थिए। बिहीबार बिहान सोही तारमा मंगलीदेवी छुँदा उनी गम्भीर घाइते भइ घटनास्थलमै निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।