Join our Channel

रसिला तामाङको ऐतिहासिक जित: माउन्ट पोपा अल्ट्रा म्याराथन ओभरअल च्याम्पियन

रसिला तामाङको ऐतिहासिक जित: माउन्ट पोपा अल्ट्रा म्याराथन ओभरअल च्याम्पियन

म्यानमारमा सम्पन्न माउन्ट पोपा अल्ट्रा म्याराथनमा नेपाली धाविका रसिला तामाङले ऐतिहासिक जित हासिल गरेकी छन्। ५० किलोमिटर दूरीको यो कठोर प्रतिस्पर्धामा उनले महिला मात्र होइन, पुरुष धावकहरूलाई समेत पछि पार्दै ओभरअल च्याम्पियन बन्न सफल भइन्।

रसिलाले उक्त दौड ६ घण्टा १८ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन्। यससँगै उनले कोरोस ब्रान्डको घडी र विभिन्न गिफ्ट ह्याम्परहरू जितिन्।

पुरुषतर्फ पहिलो हुने पाइङ ओले सात घण्टा ३८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरे भने महिलातर्फ दोस्रो हुने यीयीले नौ घण्टा नौ सेकेन्डको समय लिइन्। महिलातर्फ तेस्रो स्थानमा साराह सेङ रहिन्। पुरुषतर्फ दोस्रो ज्याक स्पिड र तेस्रो अङ टुन लिन भए।

यस जितले रसिलालाई अक्टोबर ४ मा भियतनाममा आयोजना हुने एटीएम च्याम्पियनसिप फाइनलमा छनोट गराएको छ। जितपछि रसिलाले ओभरअल नै जित्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताइन्। साथै, उनले प्रतियोगिता व्यवस्थित रुपमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएकी छन्।

Leave a comment