Join our Channel

गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव भेटियो

गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव भेटियो

रौतहटको गौर नगरपालिका ९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार सुटकेशभित्र महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव रस्सीले बाँधिएको अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धानले महिलाको हत्या गरी शव सुटकेशमा राखेर फालिएको हुनसक्ने संकेत दिएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। मृतक महिलाको पहिचान अहिलेसम्म खुलिसकेको छैन।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले घटनाबारे जानकारी दिएका छन्।

Leave a comment