
ललितपुरको गोदावारीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न ग्राण्ड फिनालेमार्फत मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ का विजेताहरू घोषणा गरिएका छन्।
विजेताहरू
- मेरो भ्वाइस युनिभर्स सिजन–२: प्रथम गुरुङ
- मेरो डान्स युनिभर्स सिजन–२: रिस्ता गुरुङ
दुवै विजेताले जनही रु १ करोड नगद, रु २५ लाख बराबरको जीवन बीमा, हवाई टिकट र अन्य विभिन्न पुरस्कार प्राप्त गरे।
रनरअप्स – मेरो डान्स युनिभर्स
- फस्ट रनरअप: अमृता राई – रु २५ लाख नगद + रु २० लाख जीवन बीमा
- सेकेन्ड रनरअप: सीतु महर्जन – रु १० लाख नगद + रु १५ लाख जीवन बीमा
- थर्ड रनरअप: सुरज सिंजाली मगर – रु ६ लाख नगद + रु १० लाख जीवन बीमा
- फोर्थ रनरअप: सुशना कोइराला – रु ५ लाख नगद + रु १० लाख जीवन बीमा
- फिप्थ रनरअप: साजन पाख्रिन तामाङ – रु ४ लाख नगद + रु १० लाख जीवन बीमा
रनरअप्स – मेरो भ्वाइस युनिभर्स
- फस्ट रनरअप: टोपराज तामाङ – रु २५ लाख नगद + रु २० लाख जीवन बीमा
- सेकेन्ड रनरअप: जुनु प्रसाईँ – रु १० लाख नगद + रु १५ लाख जीवन बीमा
- थर्ड रनरअप: वाङ्गे गुरुङ – रु ६ लाख नगद + रु १० लाख जीवन बीमा
- फोर्थ रनरअप: प्रशान्त पोखरेल – रु ५ लाख नगद + रु १० लाख जीवन बीमा
- फिप्थ रनरअप: दीपराज राई – रु ४ लाख नगद + रु १० लाख जीवन बीमा
सांस्कृतिक समूह नृत्य प्रतियोगिता
- विजेता: भुटनिज रेफुजी डान्स ग्रुप – रु २५ लाख + गिफ्ट ह्याम्पर
- फस्ट रनरअप: मनास्लु वर्ड कलेज – रु १५ लाख
- सेकेन्ड रनरअप: युमा महारानी नृत्य समूह – रु १० लाख
- थर्ड रनरअप: नेपाल प्रहरी – रु ५ लाख
- फोर्थ रनरअप: तरेली सांस्कृतिक ग्रुप – रु ३ लाख
विशेष उपस्थिति
विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरस्कार तथा ट्रफी प्रदान गरे।