
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले शनिबार पार्टी परित्याग गर्दै नयाँ राजनीतिक संगठन ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै चौधरीले भनेका छन्,
“अब झगडा गरिरहनु छैन, रोइलो गर्नु छैन । थरुहटका नाममा ठगहरू लाभका लागि पार्टीमा आएका थिए । अब म अल्झिन्नँ।”
चौधरीले आफ्नो सम्पूर्ण सम्पत्ति समेत सरकारलाई दिन तयार रहेको घोषणा गर्दै नयाँ दलमार्फत पुनः सक्रिय राजनीतिमा फर्कने स्पष्ट संकेत दिएका छन्।
उनले थपे,
“म पार्टी र राजनीतिबिना बाँच्न सक्दिनँ । स्वतन्त्रहरूको हातेमालोमा जोडिन चाहन्छु। आजदेखि नयाँ संगठन र दल निर्माणमा लाग्छु, पुनः जुरमुराउन चाहन्छु।”
जेन-जी आन्दोलन अझै अन्त्य नभएको उल्लेख गर्दै उनले संसद्मा राजीनामा दिएर फेरि फिर्ता लिने नेताहरूसँग सहकार्य असम्भव भएको प्रस्ट पारे।