Join our Channel

सप्तरीमा मंगलबारदेखि मात्र सुरु हुने राष्ट्रिय परिचयपत्र सेवा

सप्तरीमा मंगलबारदेखि मात्र सुरु हुने राष्ट्रिय परिचयपत्र सेवा

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले सर्भर क्षतिग्रस्त भएपछि सप्तरीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा मंगलबारदेखि मात्रै सञ्चालन हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको सूचनामा गत सोमबार र मंगलबारको प्रदर्शनपछि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सर्भरमा समस्या देखिएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार, सर्भर अत्यन्तै स्लो भएर काम गर्ने अवस्था नभएकाले आइतबार र सोमबार सेवा स्थगित गरिएको हो। पोखरेलले भने,
“सर्भर मर्मत कार्य भइरहेकाले मंगलबारदेखि मात्रै राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गर्न सकिन्छ।”

अन्य प्रशासनिक सेवा भने सामान्य रूपमा चलिरहेको उनले जानकारी दिए।

Leave a comment