Join our Channel

रेशम चौधरीले कबीर सोबलाई बनाए अध्यक्ष, अब्दुल खानलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

रेशम चौधरीले कबीर सोबलाई बनाए अध्यक्ष, अब्दुल खानलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

पूर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले नयाँ राजनीतिक दल “नागरिक उन्मुक्ति पार्टी नेपाल” दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्।

चौधरीले बिहीबार निर्वाचन आयोगमा निवेदन दिंदै जेनजी पुस्ताको प्रतिनिधित्व हुने गरी कबीर सोबलाई पार्टीको अध्यक्षजनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष बनाएको घोषणा गरे।

महासचिवमा थारू आयोगका पूर्व सदस्य डा. उमाशंकर चौधरीलाई जिम्मेवारी दिइएको छ। चौधरी स्वयं भने पार्टीका संरक्षकको भूमिकामा रहने बताएका छन्।

उनका अनुसार, नयाँ दलले भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयतासमुदायमा आधारित समाजवादको अवधारणालाई मुख्य एजेन्डा बनाउनेछ।
चौधरीले जनताको हक अधिकार र नयाँ पुस्ताको आकांक्षा प्रतिनिधित्व गर्न ‘जेनजीको भावना’ पार्टीको नीतिगत दिशामा समेटिएको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टी नेपालले “जाँतो” लाई चुनाव चिन्हको रूपमा प्रस्ताव गरेको चौधरीले जानकारी दिएका छन्।

Leave a comment