Join our Channel

रुसको आक्रमणमा १४ युक्रेनीको मृत्यु, किएभ लगायत २७ स्थानमा बमबारी

रुसको आक्रमणमा १४ युक्रेनीको मृत्यु, किएभ लगायत २७ स्थानमा बमबारी

रुसी सेनाले मङ्गलबार बिहान युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रहरूमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १४ युक्रेनी नागरिकको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसका अनुसार, रुसले एकै पटक किएभसहित २७ स्थानमा हमला गरेको थियो।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोका अनुसार, आक्रमणले विद्यालय, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। क्षेप्यास्त्रहरू मुख्य रूपमा सर्वसाधारण क्षेत्र लक्षित गरी प्रहार गरिएको जनाइएको छ।

यो हमला १० दिनअघि युक्रेनका विभिन्न सहरमा गरिएको आक्रमणपछि दोहोरिएको हो। त्यतिबेला कम्तीमा पाँच जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएका थिए।

युद्धविरामका प्रयास असफल
यद्यपि रुस र युक्रेन बीच द्वन्द्व अन्त्यको प्रयासस्वरूप वार्ताका चरणहरू चलेका छन्, परिणाम भने सकारात्मक देखिएको छैन। टर्कीको इस्तानबुलमा दुई पटक ‘फेस टु फेस’ वार्ता भए पनि, युद्ध अन्त्य गर्ने सहमति बन्न सकेको छैन।

दुई वर्षभन्दा लामो समयदेखि चलिरहेको यो द्वन्द्वले मानवीय संकट चुलिँदै गएको छ।

Leave a comment