Join our Channel

सागर डिस्टिलरी लिमिटेडको आईपीओ सार्वजनिक, सेयर आवेदन खुला

सागर डिस्टिलरी लिमिटेडले आफ्नो साधारण सेयरको सार्वजनिक निष्कासन (आईपीओ) सुरु गरेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो।

कम्पनीको कुल जारी पुँजी ७२ करोड ६० लाख मध्ये २०% अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर आईपीओका लागि छुट्याइएको छ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले सागर डिस्टिलरीलाई ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङ अनुसार कम्पनीको क्रेडिट जोखिम वहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाइएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

आईपीओ असोज २ गतेदेखि सुरु भई असोज १३ गतेसम्म खुला रहनेछ।

सागर डिस्टिलरी लिमिटेडको रजिस्टर्ड कार्यालय देवचुली नगरपालिका–१, नवलपरासीमा रहेको छ भने कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–१ मा रहेको छ।

Leave a comment