
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार यस वर्ष कुल ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। कुल ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका हुन्।
जीपीए अनुसार उत्तीर्ण विद्यार्थी संख्या यस्तो छ:
- जीपीए ३.६० देखि ४ — ४८,१७७ जना
- जीपीए ३.२० देखि ३.६० — ८१,३८५ जना
- जीपीए २.८० देखि ३.२० — ८९,१२४ जना
- जीपीए २.४० देखि २.८० — ४८,४७९ जना
- जीपीए २ देखि २.४० — ४,१२६ जना
- जीपीए १.६० देखि २ — ८ जना
- नन ग्रेडेड — १,६७,५९७ जना
प्रदेश अनुसार जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थी संख्या:
- बागमती प्रदेश: २३,७८२ जना
- लुम्बिनी प्रदेश: ६,७५४ जना
- कोशी प्रदेश: ६,२५८ जना
- गण्डकी प्रदेश: ४,८९५ जना
- मधेश प्रदेश: ४,१३८ जना
- सुदूरपश्चिम प्रदेश: १,२१९ जना
- कर्णाली प्रदेश: १,१३१ जना
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो।