Join our Channel

सुदूरपश्चिम प्रदेशको ३३ अर्बको बजेट सार्वजनिक, भौतिक पूर्वाधारलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेशको ३३ अर्बको बजेट सार्वजनिक, भौतिक पूर्वाधारलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट १ अर्ब ८४ करोड रुपैयाँले बढाइएको हो।

बजेट प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

बजेट बिनियोजनको मुख्य अंशहरू:

  • पुँजीगत खर्च: १९ अर्ब ८३ करोड (५९.२५%)
  • चालू खर्च: १० अर्ब २० करोड (३०.४९%)
  • भौतिक पूर्वाधार मन्त्रालय: १५ अर्ब ४० करोड बिनियोजन
  • सामाजिक विकास मन्त्रालय: ७ अर्ब ७ करोड रुपैयाँ

पूर्वाधारमै प्राथमिकता:

प्रदेश सरकारले गौरवका आयोजना, सडक निर्माणसिंचाइ योजनामा प्राथमिकता दिएको छ।

  • बझाङको साइपाल, बैतडीको सिगास, दार्चुलाको अपि हिमाल जोड्ने सडक
  • प्रदेश सभा सदस्यलाई आयोजना छनोट र अनुगमनमा भूमिका दिने कानुनी प्रावधान
  • सिंचाइ योजनाको दिगोपनका लागि १० करोड

स्वास्थ्य क्षेत्रमा बजेट वृद्धिः

प्रदेशका प्रमुख अस्पतालहरूलाई स्तरोन्नति गर्ने योजना:

  • बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीचुहा
  • बयालपाटा अस्पताललाई प्रदेश मातहत ल्याइने
  • डडेल्धुराको जोगबुडा र लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाइने

कृषि तथा सहकारीमा नविन योजना:

कृषिमा व्यावसायिकता ल्याउने उद्देश्यसहित ३ अर्ब ३० करोड बजेट बिनियोजन गरिएको छ।

  • एक स्थानीय तह दुई उत्पादन नीति
  • १७६ कृषि तथा पशुप्राविधिक परिचालन
  • कृषि एम्बुलेन्स, भीमदत्त कृषि कार्यक्रम, एग्रिकल्चर डिजिटलाइजेसन, प्राकृतिक तालमा माछा उत्पादन वृद्धि योजना

पर्यटन र वातावरणको विकास:

२ अर्ब ३४ करोड बजेट सहित

  • खप्तड, बडिमालिका, मालिकार्जुन, रामारोशनमा केबलकार सम्भाव्यता अध्ययन
  • बडिमालिकामा ७ करोड २५ लाख को पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम
  • डडेल्धुरामा जडीबुटी प्रशोधन केन्द्र स्थापना

विपक्षको प्रतिक्रिया:

  • माओवादी केन्द्रका ओमविक्रम भाट: बजेट कार्यान्वयनमा चुनौती, स्रोतको सुनिश्चितता छैन
  • एकीकृत समाजवादीका नरेश कुमार शाही: उत्साहजनक छैन, ठूला योजना प्राथमिकतामा छैनन्

Leave a comment