Join our Channel

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब १६० रूपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब १६० रूपैयाँ पुग्यो

नेपाल आयल निगमले फेरि एकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (IOC) बाट पठाइएको नयाँ खरिद मूल्य उच्च भएको जनाउँदै निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६०, र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १४५ कायम हुनेछ।

निगमले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “भारतीय आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको छ, त्यसैले मूल्य समायोजन गर्नु परेको हो।”

यसअघि पनि केही महिना अगाडि मात्र निगमले मूल्य समायोजन गरेको थियो। पछिल्लो मूल्य वृद्धिले आम जनताको खर्चमा प्रत्यक्ष असर गर्ने देखिन्छ।

Leave a comment