Join our Channel

सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध १६ करोडको भ्रष्टाचार मुद्दा

सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध १६ करोडको भ्रष्टाचार मुद्दा

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध १६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

हाई कम्प्युट इन्फ्रास्ट्रक्चर उपकरण खरिदमा मिलेमतो, गुणस्तरहीन सामानअनियमित प्रक्रिया अपनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

मुख्य तथ्यहरू:

  • मुद्दा दायर : विशेष अदालत, काठमाडौं
  • आरोप : झुटो लागत अनुमान, महँगो र गुणस्तरहीन उपकरण खरिद
  • बिगो रकम : १५ करोड ८८ लाख ५० हजार रुपैयाँ
  • ठेक्कादार कम्पनी : वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि
  • ठेक्का मूल्य : ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपैयाँ

कस-कसलाई मुद्दा दायर गरियो?

  1. सुनील पौडेल – तत्कालीन कार्यकारी निर्देशक
  2. सफल श्रेष्ठ – तत्कालीन निर्देशक
  3. रमेश पोखरेल – सहायक निर्देशक
  4. रामशरण गायक – कम्प्युटर इञ्जिनियर
  5. निमबहादुर वली – लेखा अधिकृत
  6. अरुण श्रेष्ठ – वर्ल्ड डिस्ट्रिब्युसनका अध्यक्ष/प्रबन्ध निर्देशक

मुद्दाको पृष्ठभूमि:

अख्तियारका अनुसार, बिना गुरुयोजना नै लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरिएको थियो। उपकरण महँगो मूल्यमा खरिद गरिनुका साथै प्राविधिक मापदण्ड विपरीतका सामानहरू ल्याइएका थिए।

पौडेल र अन्य कर्मचारीहरूले सरकारी सम्पत्तिमा नोक्सानी पुर्‍याएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा अघि बढाइएको हो।

पहिले पनि मुद्दा दायर

  • सुनील पौडेलमाथि यसअघि पनि अधाधर्जन मुद्दा दायर भइसकेको छ।
  • उनीमाथि विशेष अदालतबाट धेरै मुद्दामा दोषी ठहर भइसकेको छ।
  • अहिले डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका छन्।

Leave a comment