Join our Channel

सुनसरीमा ३४ किलो गाँजासहित दुई युवा पक्राउ, प्रहरीको छड्के चेकिङमा खुल्यो रहस्य!

सुनसरीमा ३४ किलो गाँजासहित दुई युवा पक्राउ, प्रहरीको छड्के चेकिङमा खुल्यो रहस्य!

प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई सुनसरी प्रहरीले ठूलो परिमाणको गाँजासहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर अन्तर्गत खटिएको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जनाको साथबाट ३४ किलो गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–८ निवासी धिरज राई र उनको पछाडि सवार लोकेन्द्र राई रहेका छन्।
प्रहरी निरीक्षक दिवस कुवँरका अनुसार उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको छ।

सुनसरी प्रहरीको अनुसार लागुऔषध ओसारपसारको विषयमा लामो समयदेखि निगरानीमा रहेका क्षेत्रहरूमा थप कडाइका साथ चेकजाँच गरिने तयारी भइरहेको छ।

Leave a comment