
सर्वोच्च अदालतले अर्को सूचना नभएसम्मका लागि सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
प्रदर्शनका कारण काठमाडौं उपत्यकाका सबै अदालतहरू ठप्प भएका छन्। मंगलबार सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सुनुवाइ अनिश्चित बनेको हो।
सर्वोच्चको मूल भवनमा आगजनी हुँदा इजलास र मिसिलमा क्षति पुगेको छ। यकिन विवरण अझै खुल्न बाँकी छ। मिसिलमा क्षति भएमा सुनुवाइमा थप ढिलाइ हुने बताइएको छ।
अदालतले हालको अवस्थामा नागरिक र कानूनी सेवाका लागि अस्थायी कदम खोजिरहेको छ, तर सुरक्षा र संरचनागत क्षति समाधान नभएसम्म नियमित अदालत कार्य असम्भव रहेको न्यायिक स्रोतले बताएका छन्।
