Join our Channel

लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख नगद र हतियार बरामद

लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख नगद र हतियार बरामद

नेपाली सेनाले सुरक्षा बढाएपछि लुटपाटमा संलग्न २७ जनालाई पक्राउ गरेको छ।

सेनाले जारी गरेको सूचनाअनुसार, भाद्र २४ गते राति १० बजेदेखि भाद्र २५ गते बिहान १० बजेसम्म, काठमाडौँसहित देशका विभिन्न स्थानमा विध्वंसात्मक, अराजक र उच्छृङ्खल गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइएको हो।

बरामद सामग्री

  • नगद रकम: ३३ लाख ७० हजार रुपैयाँ, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट बरामद
  • हतियार: काठमाडौंका विभिन्न स्थानबाट २३, पोखराबाट ८ गरी ३१ हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद
  • अग्नि नियन्त्रण: आगजनी भएका क्षेत्रमा तीन वारुणयन्त्र प्रयोग गरी नियन्त्रणको प्रयास

घाइते विवरण

  • नेपाल प्रहरी: २३ जना
  • गैर सैनिक: ३ जना
    उनीहरूलाई सैनिक अस्पतालमा उपचार भइरहेको छ।

सेनाको सक्रिय सर्च अपरेसन र सुरक्षा परिचालनले विषम परिस्थितिमा नियन्त्रण कायम गर्न महत्वपूर्ण भूमिका खेलेको सुरक्षा स्रोतले जनाएको छ।

Leave a comment