Join our Channel

सुर्खेतका होटलमा अनैतिक क्रियाकलाप, २५ जना पक्राउ

सुर्खेतका होटलमा अनैतिक क्रियाकलाप, २५ जना पक्राउ

सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित तीनवटा होटलमा छापा हानी २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १४ जना पुरुष र ११ जना महिला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार हार्दिक होटल, दंगाली होटलविकास होटलमा अश्लील गतिविधि तथा सार्वजनिक शान्ति र नैतिकताविरुद्धका कार्य भइरहेको सूचनाका आधारमा छापा हानिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमा ती होटलका सञ्चालकसमेत रहेका छन्।
प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरोधी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

Leave a comment