Join our Channel

सूर्य नेपालको दाबी : विद्युत् बक्यौता पहिले नै तिरिसकेको

सूर्य नेपालको दाबी : विद्युत् बक्यौता पहिले नै तिरिसकेको

सूर्य नेपाल प्रालिले आफूमाथि लगाइएको विद्युत् बक्यौतासम्बन्धी आरोपहरू असत्य रहेको दाबी गरेको छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता पहिले नै भुक्तानी गरिसकेको स्पष्ट पारेको छ।

भ्रामक प्रचारप्रति आपत्ति

हालै सामाजिक सञ्जालमा सूर्य नेपाललाई बिजुली बक्यौतासँग जोडेर गलत जानकारी फैलिएको भन्दै कम्पनीले आपत्ति जनाएको हो।
कम्पनीले सार्वजनिक विज्ञप्तिमा भनिएको छ –

  • “नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ को निर्णयअनुसार, अतिरिक्त महसुल केवल पुस २०७२ देखि वैशाख २०७५ सम्मको अवधिका लागि मात्र लागु हुन्छ।”
  • “सूर्य नेपालले यस अवधिमा तिर्नुपर्नेभन्दा बढी नै रकम प्राधिकरणलाई भुक्तानी गरिसकेको छ।”

कानुनी पालना गर्ने प्रतिबद्धता

सूर्य नेपालले आफू नेपालका प्रचलित कानुन, नियम, र नेपाल सरकारका निर्देशनको पालना गर्न पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।
साथै, कम्पनीले भ्रामक प्रचारबाट सर्वसाधारण भ्रमित नहुन आग्रह गरेको छ।

Leave a comment