Join our Channel

ताप्लेजुङमा पाँच जनाभन्दा बढी भेला निषेध, साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङमा पाँच जनाभन्दा बढी भेला निषेध, साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पूर्वस्वीकृति नलिई पाँच जना भन्दा बढी व्यक्ति आवत-जावत वा भेला हुन नपाउने गरी बिहीबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार यस अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन वा बैठक गर्न पाइने छैन। उनले उल्लङ्घन भए कानुन अनुसार कारबाही हुने चेतावनी समेत दिएका छन्।

प्रशासनले जारी गरेको आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम लागू गरिएको हो। आदेश ताप्लेजुङ जिल्लाभित्र पूर्वमा भारतको सिमाना, पश्चिममा संखुवासभा, उत्तरमा चीन/तिब्बतको सिमाना, र दक्षिणमा तेह्रथुम र पाँचथर क्षेत्रमा लागू हुने जनाएको छ।

गए राति ५ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रशासनले कर्फ्यु आदेश पनि जारी गरेको थियो। प्रशासनले जनतालाई नियम पालना गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

Leave a comment