Join our Channel

ट्रम्पको धमाका घोषणा: ब्राजीलमाथि ५०% ट्यारिफ, व्यापार युद्ध चर्किने संकेत

ट्रम्पको धमाका घोषणा: ब्राजीलमाथि ५०% ट्यारिफ, व्यापार युद्ध चर्किने संकेत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजीलमाथि ठूलो व्यापारिक कारवाही घोषणा गरेका छन् । ट्रम्पले आगामी अगस्ट १ देखि ब्राजीलमाथि ५० प्रतिशत ट्यारिफ (आयात शुल्क) लागू गर्ने घोषणा गरेका हुन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा सार्वजनिक पत्रमार्फत ट्यारिफ घोषणा गरेका हुन् । उनले अमेरिकी टेक कम्पनीहरूमा हमला गरेको आरोप ब्राजीलमाथि लगाएका छन् । साथै, ब्राजील सरकारले पूर्व राष्ट्रपति जेयर बोल्सोनारो विरुद्ध जासुसी गरेको आरोप समेत उनले पत्रमा उल्लेख गरेका छन् ।

ब्राजीलमा हाल पूर्व राष्ट्रपति बोल्सोनारोमाथि २०२२ को निर्वाचन परिणाम उल्ट्याउन खोजेको आरोपमा कानुनी प्रक्रिया चलिरहेको छ । यस्तो संवेदनशील समयमा ट्रम्पले कडा कदम चालेपछि दुई देशबीच व्यापारिक तनाव अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

ट्रम्पको घोषणापछि ब्राजीलका राष्ट्रपति लुईस लूला दा सिल्भा ले पनि प्रतिक्रिया दिएका छन् । उनले “ब्राजील पनि अमेरिकामाथि ट्यारिफ लगाउन तयार छ” भन्दै बराबरी कदम उठाउने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार, ट्रम्पको घोषणाले अमेरिकी–ब्राजील व्यापार युद्ध झन् चर्किन सक्नेछ । यद्यपि, यसबारे आधिकारिक कूटनीतिक छलफल भने सुरु भइसकेको छैन ।

Leave a comment