Join our Channel

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या, पाँच जना पक्राउ

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या, पाँच जना पक्राउ

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ को कोलगाउँमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको छ।

मृतक निशा तामाङ कक्षा ७ मा अध्ययनरत थिइन्। उनका बाबुआमा वैदेशिक रोजगारीका लागि इराकमा छन् र उनी आफ्नी दिदीकोमा बस्दै आएकी थिइन्। असार १० गतेदेखि बेपत्ता रहेकी उनी भोलिपल्ट जंगलमा मृत अवस्थामा फेला परिन्।

छ्यादीखोला नजिकको जंगलमा स्थानियले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी उपरीक्षक रामेश्वर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो। घटनाको गम्भीरता देखेर तालिमप्राप्त कुकुरसहितको टोली समेत परिचालन गरिएको थियो।

कुकुरको सहयोगमा अनुसन्धान गर्दा पाँच जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), दावा तामाङ (२०), लाक्पा पासाङ तामाङ (२२) र नामग्याल शेर्पा (३२) रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार ती पाँच जनाले मदिरा सेवनपछि पालैपालो बलात्कार गरी बालिकाको हत्या गरेका थिए। पछि बालिकाको शव जंगलमा फालेर फरार भएका थिए।

पक्राउ परेकाहरू बालिकाका नातेदार र छिमेकी रहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि ७ दिनको म्यादमा अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थलबाट संकलन गरिएका प्रमाण, अभियुक्तहरूको गतिविधि, शारीरिक प्रमाण र तालिमप्राप्त कुकुरको संकेतका आधारमा पाँचै जनालाई पक्राउ गरेको हो।

Leave a comment