Join our Channel

तुलसीपुरमा भीषण आगलागी : गोठ जली नष्ट, १६ पशुचौपायाको ज्यान गयो, लाखौंको क्षति

तुलसीपुरमा भीषण आगलागी : गोठ जली नष्ट, १६ पशुचौपायाको ज्यान गयो, लाखौंको क्षति

तुलसीपुर उपमहानगरपालिका-७ घुसेरीमा आइतबार राति भीषण आगलागी भएको छ । स्थानीय सागर पौडेलको दुईतले टिनको छानो भएको कच्ची गोठमा अचानक आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आगलागीले गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठमा बाँधिएका २ भैंसी, ३ खसी, १ बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन् । प्रारम्भिक अनुमानअनुसार झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पर्सेनीबाट प्रहरी सहायक निरीक्षक (असई) देविलाल अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।

हाल आगलागीको कारण खुलेको छैन भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a comment