Join our Channel

महिलाको घाँटीबाट सुनको सिक्री चोरी, युवक रंगेहात पक्राउ

महिलाको घाँटीबाट सुनको सिक्री चोरी, युवक रंगेहात पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित शनिबारे बजारमा महिलाको घाँटीबाट सुनको सिक्री चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपूतलाई बेल्टार बजारमा दुई महिलाको घाँटीबाट १२ आना र १० आना सुनको सिक्री तानेर भाग्ने क्रममा पक्राउ गरिएको हो।

घटनापछि पीडित महिलाहरूले तत्कालै प्रहरीलाई जानकारी गराएका थिए। खबर पाउनासाथ प्रहरी चौकी बसाहको टोली सक्रिय भई राजपूतलाई समातेर इलाका प्रहरी कार्यालय बेल्टारमा अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment