Join our Channel

५० जनामध्ये एकको असमयमै मृत्यु : बेलायतमा ‘तेहोरो खतरा’को बढ्दो प्रभाव

५० जनामध्ये एकको असमयमै मृत्यु : बेलायतमा ‘तेहोरो खतरा’को बढ्दो प्रभाव

बेलायतमा सार्वजनिक स्वास्थ्य संकट गहिरिँदै गएको देखिएको छ। हालै सार्वजनिक एक रिपोर्ट अनुसार बेलायतमा हरेक ५० जनामध्ये एक जनाको उमेर नपुग्दै मृत्यु हुने गरेको पाइएको छ। १५ वर्षभन्दा माथिका तर वृद्धावस्थामा नपुगेका व्यक्तिहरू यो संकटको सिकार भएका हुन्।

विशेषज्ञहरूका अनुसार अत्यधिक रक्सीको सेवन, धूमपानको लत र बढ्दो मोटोपन नै यस्तो असमय मृत्युको मुख्य कारण हो। यी तीनैलाई चिकित्सा क्षेत्रका विज्ञहरूले ‘तेहोरो खतरा (Triple Threat)’ भनेर चिनाएका छन्।

एनएचएस (National Health Service) र एस (एक्सन अन स्मोकिङ एन्ड हेल्थ) संस्थाले संयुक्त रूपमा सार्वजनिक गरेको अध्ययन अनुसार बेलायतमा १ करोडभन्दा बढी व्यक्ति मोटोपनको सिकार छन्। तिनीहरूमध्ये २२ प्रतिशतमा तीनवटै खतरा (रक्सी, धूमपान र मोटोपन) एकैसाथ देखिएको छ भने ७४ प्रतिशतमा कम्तीमा एउटा खतरा रहेको छ।

धूमपान, रक्सीको अत्यधिक प्रयोग र अस्वस्थ खानपानमा लिप्त व्यक्तिहरूमा क्यान्सर, मधुमेह, मुटु र कलेजोसम्बन्धी रोग देखा पर्ने सम्भावना अत्यधिक रहेको पाइएको छ। यस्ता जोखिमका कारण तिनको औसत आयु १०–२० वर्षले घट्ने चिकित्सकहरूको भनाइ छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यदि समयमै सचेतना नआएमा वर्ष २०४० सम्म ९० लाख बेलायती नागरिक क्यान्सर, मधुमेह, अवसाद, विस्मृति जस्ता रोगका दीर्घकालीन सिकार हुनेछन्।

स्वास्थ्यको यस्तो गम्भीर अवस्थाले राष्ट्रको ढुकुटीमा समेत प्रतिकूल असर पारिरहेको विज्ञहरूको चेतावनी छ। उनीहरूले जनस्वास्थ्यका लागि तत्काल सशक्त नीति तथा सचेतना अभियान चलाउनु आवश्यक रहेको औंल्याएका छन्।

Leave a comment