Join our Channel

पोखरामा सडकको बीचमै अज्ञात पुरुषको शव फेला, छेउमै हथौडा भेटियो

पोखरामा सडकको बीचमै अज्ञात पुरुषको शव फेला, छेउमै हथौडा भेटियो

पोखरा-१५ स्थित वन क्याम्पसको अगाडिको सडकमा सोमबार बिहान एक अन्दाजी ३० देखि ३५ वर्ष उमेरको अज्ञात पुरुषको शव फेला परेको छ। शव वन विज्ञान अध्ययन संस्थानको पर्खाल नजिकै सडकको बीच भागमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार शवको छेउमा एकवटा हथौडा पनि भेटिएको छ। शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

घटनाबारे हत्या हो वा दुर्घटना भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले घटनाको प्रकृति पत्ता लगाउनको लागि पोष्टमार्टम र सीसीटीभी फुटेज अध्ययन गरिरहेको जनाएको छ। साथै, आसपासका बासिन्दाहरूसँग सोधपुछ समेत भइरहेको छ।

यो घटना पश्चात स्थानीय बासिन्दा त्रसित बनेका छन्। घटनाको यथार्थ चाँडै सार्वजनिक हुने प्रहरीको भनाइ छ।

Leave a comment