
फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमार्फत नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान नयाँ पुस्तालाई दिलाउने र यसको संरक्षणका लागि गरिएको संघर्ष देखाइएको छ।
फिल्मका निर्देशक मित्र प्रधानले यसले नेपाली भाषा, साहित्य, कला तथा इतिहासको गहिरो पक्ष उजागर गर्ने प्रयास गरेको बताएका छन्।
आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई (तक्मे बुढा), बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी र भानुभक्त सिटौलालगायत कलाकारको अभिनय देख्न पाइनेछ।
फिल्मले दर्शकलाई नेपालीपनको मूल्य, भाषा–संस्कृतिको माया र यसको संरक्षणप्रति जागरुक बनाउने उद्देश्य राखेको छ।