Join our Channel

सरकारले शिक्षकका माग टार्न बहाना नदेखाओस् : अध्यक्ष दाहाल

सरकारले शिक्षकका माग टार्न बहाना नदेखाओस् : अध्यक्ष दाहाल

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।
खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा महासंघका प्रतिनिधिहरूले सरकारसँग भएका पुराना सहमति कार्यान्वयनमा ढिलासुस्ती भएको गुनासो गरेका छन्।

शिक्षक प्रतिनिधिहरूले भने, “सरकारले शिक्षकहरूसँगको सहमति पालना गर्न उदासीनता देखाएको छ। विपक्षी दलको दबाब र सहयोगको अपेक्षा गरेका छौं।”

यसबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले शिक्षक पेशालाई राष्ट्रको मेरुदण्डको रूपमा उल्लेख गरे। उनले भने,
“शिक्षकहरूलाई सम्मान गरिनुपर्छ। उनीहरूको पेशा राष्ट्रको भविष्य निर्माणसँग प्रत्यक्ष जोडिएको हुन्छ। सरकार गम्भीर हुनैपर्छ।”

दाहालले स्पष्ट पारे कि संसद अवरुद्ध हटाउनुको पछाडि मुख्य कारण पनि शिक्षकका माग पुरा गर्न सरकारले बहाना नदेखाओस् भन्ने नै हो।
उनले भने,
“हामीले सदनको अवरोध हटायौं ताकि सरकारले शिक्षकका माग सम्बोधन नगरेको भनेर कुनै बहाना नबनाओस्।”

अध्यक्ष दाहालले प्रारम्भिक बालविकास कक्षालाई विद्यालयको संरचनाभित्र ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए। साथै, उनले शिक्षकका जायज मागहरू तुरुन्त र सर्तबिना पूरा गर्न जोड दिए।

भेटमा महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताबाट मुक्त गराउन र शिक्षकसँग भएका सहमति कार्यान्वयनमा तत्काल पहल गरिदिन आग्रह गरेका थिए।

Leave a comment