Join our Channel

पदभार ग्रहण गर्दै कृषि मन्त्री मदन परियार : “मल अभावको समस्या समाधान गर्छु”

पदभार ग्रहण गर्दै कृषि मन्त्री मदन परियार : "मल अभावको समस्या समाधान गर्छु"

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले पदभार ग्रहण गर्दै हरेक वर्ष दोहोरिने मल अभावको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

मन्त्री परियारले किसानलाई सर्वाधिक प्रभावित गर्ने मल आपूर्ति समस्यालाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने योजनामा काम गर्ने बताए।

उनले फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउने सरकारको अठोट कार्यान्वयनमा मन्त्रालयले पनि आफ्नो योगदान रहने स्पष्ट पारे। साथै, विभिन्न क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न मन्त्रालयका कर्मचारीसँग मिलेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

Leave a comment