
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निरीक्षण गरेका छन्।
निर्माण पूरा भइसकेको उक्त आयोजना हाल व्यावसायिक उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको दोस्रो दिनमा सञ्चालनमा छ। परीक्षणको क्रममा आयोजनाले पूर्ण १०२ मेगावाट विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिरहेको छ।
मन्त्री घिसिङले परियोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन र ठेक्का सम्झौताको क्रममा निरीक्षण गरेको बताए। यस आयोजनाको निर्माण चिलिमे जलविद्युत कम्पनीको प्रबन्धक सञ्चालक रहँदा मन्त्रीकै नेतृत्वमा सुरु भएको थियो।
योजना निर्माणमा ढिलाइ हुनुमा जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीको बाढी, कोभिड–१९ महामारी र स्थानीय अवरोधजस्ता चुनौतीहरू मुख्य कारण रहेका थिए।