Join our Channel

एयर इन्डियाको लन्डन जाने विमान अहमदाबादमा दुर्घटना, पूर्वमुख्यमन्त्री सवार

एयर इन्डियाको लन्डन जाने विमान अहमदाबादमा दुर्घटना, पूर्वमुख्यमन्त्री सवार

भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डिया को विमान टेक अफ पछि केही मिनेटमै दुर्घटनामा परेको छ। सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकैको मेघाणीनगर क्षेत्रमा उक्त विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य२३० यात्रु गरी २४२ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगल र १ जना क्यानाडाली नागरिक यात्रु रहेका थिए।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त विमान क्याप्टेन सुमीत सभरवालफर्स्ट अफिसर क्लाइभ कुन्दर द्वारा उडाइएको थियो। सभरवालसँग ८,२०० घण्टाको र कुन्दरसँग १,१०० घण्टाको उडान अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालय (DGCA) लाई उद्धृत गर्दै खबरमा जनाइएको छ।

भारतीय समयअनुसार दिउँसो १:३८ बजे रनवे २३ बाट उडेको विमान ५ मिनेटभित्रै दुर्घटनामा परेको हो। अहमदाबाद प्रहरी आयुक्त जीएस मलिक का अनुसार विमान विमानस्थलनजिकैको मेघाणीनगर क्षेत्रमा खसेको हो।

प्राप्त जानकारीअनुसार विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए। हालसम्म घटनाको विस्तृत विवरण आउन बाँकी छ भने उद्धार तथा अनुसन्धान कार्य जारी छ।

Leave a comment