
गर्मीमा शरीरसँगै छालाको पनि विशेष हेरचाह गर्न आवश्यक हुन्छ। विशेषगरी अनुहारको छालालाई चम्किलो र स्वस्थ राख्न धेरै मानिसले विभिन्न उपाय अपनाउँछन्। कोही बजारका महँगा सौन्दर्य उत्पादन किन्छन् भने, कोही घरेलु उपायमा भर पर्छन्।
यस्तैमा धेरैको मनमा उठ्ने सामान्य प्रश्न हो – एलोभेरा राम्रोरूपमा छालाका लागि उपयोगी हुन्छ कि क्रिम? आउनुहोस्, दुबैको फाइदा हेरेर तुलना गरौं।
एलोभेरा जेलको फाइदा:
- एलोभेरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालालाई फ्री रेडिकलबाट बचाउँछ।
- छाला सुख्खा हुने समस्या कम गर्छ।
- छालामा हाइड्रेसन कायम राख्छ र चाउरीपना घटाउँछ।
- एलोभेराले टेनिङ हटाउँछ र छालालाई चम्किलो देखाउँछ।
- एलोभेरा हल्का र छिटो छालामा अवशोषित हुने भएकाले तैलीय छालाका लागि उत्तम हुन्छ।
अनुहारमा क्रिम लगाउनुका फाइदा:
- क्रिम दूधबाट बन्ने भएकाले ल्याक्टिक एसिडले मृत कोशिकाहरू हटाउँछ।
- छिद्रमा रहेको फोहोर हटाउने र छालालाई सफा राख्ने गुण हुन्छ।
- छालालाई मोइस्चराइज गरी सुख्खापन घटाउँछ।
- कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान देखाउँछ।
- बुढ्यौलीका लक्षणहरू कम गर्न सहयोग गर्छ।
एलोभेरा वा क्रिम – कुन रोज्ने?
दुवैको आफ्नै विशेषता छन्। एलोभेरा जेल तैलीय छालाका लागि उपयुक्त हुन्छ भने, क्रिम सुख्खा छालामा राम्रो असर देखाउँछ। गर्मीको समयमा एलोभेरा जेलको प्रयोग गर्दा छालामा चिपचिपाहट नहुने भएकाले धेरैले यसलाई प्राथमिकता दिन्छन्।
यो सामग्री केवल सामान्य जानकारीको लागि हो। कुनै पनि छालासम्बन्धी समस्या भएमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।