Join our Channel

दाङमा अवैध भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ, प्रहरीले घरमै गरे छापा!

दाङ जिल्लाको बंगलाचुली गाउँपालिका–३ स्थित लेखटापाबाट एक व्यक्तिलाई अवैध हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४४ वर्षीय लुमबहादुर रावत रहेका छन्। उनको घरमा अवैध रुपमा हातहतियार लुकाइराखिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सोम घर्ती मगरको नेतृत्वमा गएको टोलीले बिहीबार छापा मारेको थियो।

छापा मार्दासँगै प्रहरीले रावतको घरबाट एक नाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरीका अनुसार हाल रावतलाई नियन्त्रणमा लिइएको छ र प्रारम्भिक अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Leave a comment