Join our Channel

अमेरिकाले १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगायो, राष्ट्रलाई हानी पुर्‍याउनेलाई प्रवेश नदिने ट्रम्पको घोषणा

अमेरिकाले १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगायो, राष्ट्रलाई हानी पुर्‍याउनेलाई प्रवेश नदिने ट्रम्पको घोषणा
Getty Images

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। सुरक्षा जोखिमका आधारमा जारी गरिएको नयाँ आदेशअनुसार अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैती, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने भएको छ।

ट्रम्पले भनेका छन्, “हामीले कुनै पनि देशबाट खुला आप्रवासन गर्न सक्दैनौं जहाँ सुरक्षित र भरपर्दो रूपमा जाँच र स्क्रिनिङ गर्न नसकिने हो।” उनले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भने, “देशलाई हानि पुर्‍याउन चाहने मानिसलाई हाम्रो देशमा प्रवेश गर्न दिने छैनौं।”

यसैगरी बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि पनि कडा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। यी देशका नागरिकहरूलाई भने आंशिक प्रतिबन्धमा राखिएको छ।

ट्रम्पले कोलोराडोको बोल्डरमा भएको इजरायल समर्थक र्‍यालीमा भएको आक्रमणलाई उदाहरण दिँदै सुरक्षा जाँचमा कमी आएको र यसले राष्ट्रिय सुरक्षामा ठूलो खतरा निम्त्याएको बताएका छन्। उनले आफ्नो निर्णय मुस्लिम विरोधी नभएको दाबी समेत गरेका छन्।

त्यस्तै, ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूको प्रवेश निलम्बन गर्ने अर्को आदेशमा पनि हस्ताक्षर गरेका छन्। हार्वर्डले प्रशासनका मागलाई अस्वीकार गरेपछि यसो गरिएको आरोप ट्रम्पमाथि लागेको छ।

यो नयाँ यात्रा प्रतिबन्धले अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ पार्ने उद्देश्य राखेको बताइएको छ।

Leave a comment