Join our Channel

भिजिट भिसा प्रकरण एक–दुई दिनमै टुंगिने संकेत : अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चर्चित भिजिट भिसा प्रकरण केही दिनमै समाधानतर्फ जाने बताएका छन्। शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको तर्फबाट भरपर्दो छानबिन हुने प्रतिबद्धता आएपछि विपक्षी दलहरू पनि सहमत हुने संकेत दिएका हुन्।

दाहालले भने, ‘भरपर्दो छानबिनको प्रतिबद्धता आउनुपर्ने विपक्षी दलहरूको धारणा छ। त्यसअनुसार एक–दुई दिनभित्र सकारात्मक ल्यान्डिङ हुने सम्भावना छ।’

उनले भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत विपक्षी दलहरूले छलफल गर्ने बताएका छन्।

छानबिन समिति कस्तो हुने?

दाहालका अनुसार छानबिन समिति गठनको मोडालिटीमा भने दलहरूबीच अझै एकमत बन्न सकेको छैन।
‘संसदीय समिति बनाउने कि पूर्वन्यायाधीशको नेतृत्वमा बनाउने भन्नेमा छलफल भइरहेको छ। अख्तियारले मुद्दा दायर गरेपछि समिति नबनाउने भन्ने धारणा पनि आएको छ,’ दाहालले जानकारी दिए।

सत्तारूढ पक्ष भने छानबिन समिति बनाउनेमा सकारात्मक देखिएको भन्दै उनले सबै पक्षलाई मिलाएर अघि बढ्ने संकेत दिए।

Leave a comment