Join our Channel

एन्फाको वार्षिक तालिका : ए डिभिजन लिगदेखि साफ महिला क्लब च्याम्पियनसिपसम्म

एन्फाको वार्षिक तालिका : ए डिभिजन लिगदेखि साफ महिला क्लब च्याम्पियनसिपसम्म

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी वर्ष हुने घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको वार्षिक तालिका सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको क्यालेन्डरमा ए डिभिजन लिगदेखि साफ महिला क्लब च्याम्पियनसिपसम्म सबै खेलहरू समेटिएका छन्।

अन्तर्राष्ट्रिय खेलहरू

  • अक्टोबर ९ र १४ – नेपाली पुरुष राष्ट्रिय टोलीले भियतनाममा एएफसी एसियन कप क्वालिफायर खेल्ने।
  • अक्टोबर २६ – नेपाली महिला टोली बनाम भारत (मैत्रीपूर्ण खेल, सिक्किम, भारत)।
  • नोभेम्बर २० – डिसेम्बर २ – त्रि-राष्ट्र महिला मैत्रीपूर्ण प्रतियोगिता (इन्डोनेसिया, नेपाल, चाइनिज ताइपेई, स्थान: इन्डोनेसिया)।
  • मंसिर २ – नेपाल बनाम मलेसिया (एएफसी एसियन कप क्वालिफायर)।
  • चैत १७ – नेपाल बनाम लाओस (एएफसी एसियन कप क्वालिफायर, नेपालमै)।

घरेलु प्रतियोगिताहरू

  • कार्तिक १६ – मंसिर ६ : एन्फा प्रेसिडेन्ट लिग
  • कार्तिक १७ – मंसिर २ : एन्फा यू-१६ युथ लिग (स्थान: एन्फा कम्प्लेक्स)
  • मंसिर ४ – २८ : सहिद स्मारक ‘सी’ डिभिजन लिग (स्थान: एन्फा कम्प्लेक्स)
  • मंसिर २६ – पुस २ : ललित मेमोरियल यू-१८ युथ लिग (स्थान: एन्फा कम्प्लेक्स)
  • पुस ९ – असार २६ : सहिद स्मारक ‘ए’ डिभिजन लिग (६ महिने प्रतियोगिता)
  • पुस ११ – २२ : एन्फा महिला च्याम्पियनसिप (स्थान: च्यासल रंगशाला)
  • माघ ९ – फागुन ५ : सहिद मेमोरियल महिला लिग
  • फागुन ९ – १६ : सहिद मेमोरियल महिला सुपर लिग
  • डिसेम्बर ५ – २० : साफ महिला क्लब च्याम्पियनसिप (स्थान: दशरथ रंगशाला, काठमाडौं)

यसरी एन्फाले सार्वजनिक गरेको क्यालेन्डरले आगामी वर्ष नेपाली फुटबलमा नियमित घरेलु लिग, युथ प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलहरूलाई व्यवस्थित ढंगले अघि बढाउने योजना प्रस्तुत गरेको छ।

Leave a comment