
काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरगढी–८ उदयपुर घर भई तारकेश्वर–५ लोलाङ बस्ने ३० वर्षीय हिरा बहादुर मगर रहेका छन्। उनलाई पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने ३३ राउण्ड गोली, ह्याण्डसेटको ब्याट्री १ थान लगायतका सामानसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ सूचनाका आधारमा गरिएको थियो। हिरा बहादुरले पार्किङ गरेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाइ–छिपाइ राखिएको हातहतियार फेला परेको थियो। उक्त घटनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले कार्यवाहि गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखिरहेको जनाएको छ।