Join our Channel

असईमा जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ

असईमा जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ

“असईमा नाम निकालिदिन्छु” भन्दै लाखौं रुपैयाँ ठगी गर्ने सोमकौशिक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ४७ वर्षीय क्षेत्रीले प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिन्छु भन्दै एक व्यक्तिबाट चार लाख एकानब्बे हजार रुपैयाँ (Rs. 491,000) लिएका थिए।

क्षेत्रीलाई काठमाडौं, नागार्जुन नगरपालिका–७, रामकोट क्षेत्रबाट पक्राउ गरिएको हो। उनी काठमाडौं–१५ मा बसोबास गर्दै आएका थिए।

कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार पीडितको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जनाइएको छ।

प्रहरीले नागरिकलाई यस्ता प्रकारका झुटा आश्वासनमा नपर्न र कुनैपनि नियुक्ति प्रक्रियामा दलालको भर नपर्न अनुरोध समेत गरेको छ।

Leave a comment