Join our Channel

ललितपुर महानगरको ऐतिहासिक बजेट: ७ अर्ब ४७ करोडको विकास लक्ष्यसहितको घोषणा

ललितपुर महानगरको ऐतिहासिक बजेट: ७ अर्ब ४७ करोडको विकास लक्ष्यसहितको घोषणा

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गर्दै समृद्ध, सुशासित र पूर्वाधारमैत्री ललितपुर निर्माणको रोडम्याप अगाडि सारेकी हुन्।

बजेटको बिनियोजन यस्तो छ:

  • चालु खर्च: २ अर्ब ९६ करोड ६४ लाख १८ हजार
  • पुँजीगत खर्च: ४ अर्ब ५० करोड ७७ लाख २९ हजार

महानगरले यस वर्षको बजेटमा सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, शिक्षा र स्वास्थ्यमा सुधार, युवा रोजगार, पर्यावरण संरक्षण, र घर–घर स्वच्छ खानेपानी जस्ता विषयलाई उच्च प्राथमिकता दिएको छ।

अघिल्लो वर्षको तुलनामा बजेटमा वृद्धि

गत आर्थिक वर्ष २०८१/०८२ मा ललितपुरले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको थियो। यसपालि १ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ, जसले आगामी वर्षको कार्ययोजना अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Leave a comment