Join our Channel

बैतडीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना घाइते

बैतडीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना घाइते

बैतडीको पाटन–६ खिपालीमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

घाइतेहरूको विवरण:

  • ४५ वर्षीय रामकुमार राना (डिलासैनी–१)
  • २१ वर्षीया भागरती खत्री र उनकी २ वर्षीया छोरी एलिसा
  • २१ वर्षीय हेमन्तप्रसाद भट्ट
  • २७ वर्षीय राजेन्द्रबहादुर खत्री
  • ५१ वर्षीया कमला धामी

घाइतेमध्ये राजेन्द्र र कमलालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको अवस्था:

शनिबार बिहान ५:३० बजे दुर्घटना भएको हो। जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटन र स्थानीय बासिन्दाहरू उद्धारमा खटिएका थिए।
प्रहरीका अनुसार जीप सडकबाट झरेर भिरमा अड्किएको छ। दुर्घटनाको सटीक कारण खुल्न बाँकी रहेको छ।

Leave a comment