Join our Channel

बाँकेमा शान्तिपूर्ण मतदान जारी, बिहान ११ बजेसम्म २० प्रतिशत मत खस्यो

बाँकेमा शान्तिपूर्ण मतदान जारी, बिहान ११ बजेसम्म २० प्रतिशत मत खस्यो

बाँके जिल्लामा बिहीबार बिहानदेखि मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको जानकारी दिइएको छ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले दिएको जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

बाँके जिल्लामा कुल ३ लाख ५० हजार ३७१ जना मतदाता रहेका छन्। तीमध्ये सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा रहेका छन्। यस क्षेत्रमा १ लाख २४ हजार ७२७ मतदाता रहेका छन्।

त्यसपछि निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २९० मतदाता रहेका छन्।

निर्वाचन अधिकारीहरूका अनुसार मतदान प्रक्रिया व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ। सुरक्षा निकायको उपस्थितिमा मतदान केन्द्रहरूमा मतदाताको सहभागिता बढ्दै गएको बताइएको छ।

Leave a comment