Join our Channel

प्यूठानका सबै मतदान केन्द्रमा मतदान जारी, हालसम्म १८ हजार मत खस्यो

प्यूठानका सबै मतदान केन्द्रमा मतदान जारी, हालसम्म १८ हजार मत खस्यो

प्यूठान जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्ला भरिका १५८ वटै मतदान स्थलमा मतदान प्रक्रिया जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार केही मतदान केन्द्रमा मतदान सुरु हुन केही ढिलाइ भए पनि अहिले सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रूपमा चलिरहेको छ।

निर्वाचन कार्यालयका अनुसार अधिकांश केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु गरिएको थियो। मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

हालसम्म जिल्लाभर करिब १८ हजार मत खसेको जानकारी निर्वाचन कार्यालयले दिएको छ। सुरक्षा व्यवस्था मिलाएर सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताइएको छ।

निर्वाचन अधिकारीहरूका अनुसार दिन बढ्दै जाँदा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा गरिएको छ।

Leave a comment