
क्लब वर्ल्डकप २०२५ को पहिलो खेलमा इंग्लिस क्लब चेल्सी एफसी ले लस एन्जलस एफसीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मंगलबार एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियम मा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा चेल्सीले प्रभावशाली प्रदर्शन गर्दै तीन महत्वपूर्ण अंक जोडेको हो।
पहिलो हाफको ३४औं मिनेटमा पेड्रो नेटो ले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने दोस्रो हाफको ७९औं मिनेटमा इन्जो फर्नान्डेज ले अर्को गोल थपे।
७१ हजार दर्शक क्षमताको रंगशालामा २२ हजारभन्दा थोरै दर्शक मात्र उपस्थित रहे पनि चेल्सीले उत्कृष्ट खेल प्रदर्शन गरेर आफ्ना समर्थकहरूलाई निराश हुन दिएन।
यसअघि समूह ‘सी’ को अर्को खेलमा बोका जुनियर्स र बेनफिका बीच रोमाञ्चक २–२ को बराबरी भएको थियो। यो बराबरीसँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन्। समूह ‘सी’ मा बायर्न म्युनिक तीन अंकसहित शीर्ष स्थानमा रहेको छ।