Join our Channel

चेल्सीले दोस्रो पटक जित्यो क्लब वर्ल्डकप, पीएसजी ३–० ले पराजित

चेल्सीले दोस्रो पटक जित्यो क्लब वर्ल्डकप, पीएसजी ३–० ले पराजित
Getty Images

इङ्लिस क्लब चेल्सीले आइतबार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (PSG) लाई ३–० ले पराजित गर्दै क्लब वर्ल्डकप २०२५ को उपाधि दोस्रो पटक जित्न सफल भएको छ।

कोल पाल्मेर खेलका नायक बने, जसले दुई गोल गर्दै अर्को गोलमा पनि योगदान गरे। उनले पहिलो गोल २२ औं मिनेटमा र दोस्रो गोल ३० औं मिनेटमा गरेका थिए।
जाओ पेड्रोले पहिलो हाफ सकिनुअघि तेस्रो गोल थपेपछि चेल्सीको जित सुनिश्चित भयो।

फाइनलमा पीएसजी निराशाजनक प्रदर्शन

उपाधिको बलियो दाबेदार मानिएको पेरिस सेन्ट जर्मेन (PSG) ले फाइनलमा कमजोर प्रदर्शन गर्‍यो।
खेलको ८५ औं मिनेटमा जाओ नेभेस ले रातो कार्ड पाएपछि PSG १० खेलाडीमा सीमित भएको थियो, जसले थप दबाब सिर्जना गर्‍यो।

चेल्सीको दोस्रो उपाधि

चेल्सीले यसअघि पनि सन् २०२१ मा क्लब वर्ल्डकप जितेको थियो। अब २०२५ मा दोस्रो उपाधि जोडेर चेल्सीले आफ्नो गौरवपूर्ण इतिहासमा अर्को पृष्ठ थपेको छ।

Leave a comment