Join our Channel

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनको प्रतिक्रिया, स्थिरतामा आशा व्यक्त

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनको प्रतिक्रिया, स्थिरतामा आशा व्यक्त
Getty Images

नेपालमा पछिल्ला राजनीतिक घटनाक्रमले आन्तरिक अस्थिरता निम्त्याइरहेका बेला चीनले आफ्नो आधिकारिक प्रतिक्रिया जनाएको छ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्षहरूले आन्तरिक मामिला आफैं सम्हाल्न सक्ने विश्वास व्यक्त गरे।

उनले भने, “हामी नेपालका सबै पक्षलाई राजनीतिक स्थिरता र सामाजिक व्यवस्था कायम गर्न सक्षम ठान्छौं। नेपालमा प्रारम्भिक रूपमा स्थिरता पुनःस्थापना हुने हाम्रो आशा छ।”

त्यसैगरी, उनले विरोध प्रदर्शनका क्रममा चिनियाँ नागरिक र संस्थाको सुरक्षाबारे पनि टिप्पणी गर्दै परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो कन्सुलर सुरक्षा आपतकालीन संयन्त्र सक्रिय पारेको जानकारी दिए।

यससँगै चीनले नेपालमा शान्ति, स्थिरता र सुरक्षा चाँडै कायम हुने अपेक्षा व्यक्त गरेको छ।

Leave a comment