Join our Channel

काठमाडौं उपत्यकामा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु जारी

काठमाडौं उपत्यकामा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु जारी

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला – काठमाडौं, ललितपुर र भक्तपुरमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कर्फ्यु आदेशलाई निरन्तरता दिएको हो।

सेनाका अनुसार बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा लागू रह्यो भने बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

यस अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ। तर बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि मात्र आवतजावत गर्न पाइने व्यवस्था मिलाइएको छ।

नेपाली सेनाले अत्यावश्यक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, शववाहन, दमकल, खाद्यान्न, इन्धन, तरकारी, पानी र औषधि आपूर्ति गर्ने सवारी साधनलाई भने छुट दिइने स्पष्ट गरेको छ।

Leave a comment