Join our Channel

महोत्तरी कारागार प्रशासनले फरार कैदीलाई २४ घण्टाभित्र फर्कन अल्टिमेटम

महोत्तरी कारागार प्रशासनले फरार कैदीलाई २४ घण्टाभित्र फर्कन अल्टिमेटम

जलेश्वरस्थित महोत्तरी कारागार प्रशासनले फरार भएका कैदीलाई २४ घण्टाभित्र स्वेच्छाले कारागारमा फर्कन आग्रह गरेको छ।

कारागार निमित्त प्रशासक रविनचन्द्र ठाकुरले स्वेच्छाले फर्किने कैदीलाई बिना शर्त कारागारमा राखिने तर निर्धारित समयावधिभित्र नफर्किए कानुनअनुसार कडा सजाय हुने चेतावनी दिएका छन्।

जेनजीको आन्दोलनको मौका छोपी मंगलबार साँझ करिब ७ बजे ५७६ जना कैदी फरार भएका थिए। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार करिब ५०० भन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले कैदीसँग हातेमालो गर्दै पर्खाल भत्काउन सहयोग गरेका थिए।

कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएर फरार भएको बताइएको छ। कारागारमा रहेका ५७७ मध्ये एक जना मात्र कैदी हाल जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राखिएको छ।

यस घटनापछि प्रशासनले कारागार वरपर सुरक्षाकर्मी तैनाथ गर्दै निगरानी कडा पारेको छ।

Leave a comment